Wednesday, July 8, 2026
spot_img

नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, मूल्य जम्मा ७.९० लाख भारु

spot_img

हप्तौँदेखी जारी टीजर र झलकहरूपछि हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य जम्मा भा.रु. ७.९० लाख (एक्स शोरुम) तोकिएको छ ।

नयाँ भेन्यु आठ वटा भेरियन्ट र आठवटा कलर अप्सनमा आउने छ । तीनवटा पावर ट्रेन अप्नसहरु पनि रहेको छ ।

बाहिरी रूपमै हेर्दा २०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक LED हेडलाइट, नयाँ DRL, LED टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड “Venue” लेखिएको कनेक्टेड LED लाइट बारले अझ आधुनिक बनाएको छ ।

यो SUV Hazel Blue, Mystic Sapphire, Atlas White, Titan Grey, Dragon Red, Abyss Black अप्सनमा उपलब्ध छ । साथै यसमा दुई डुअल-टोन Hazel Blue/Black रूफ र Atlas White/Black रूफ अप्सन पाउन सकिन्छ ।

भेन्युको क्याबिन अब नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्ड लेआउटमा दुईवटा १२.३-इन्चका कर्भ्ड स्क्रिनहरू राखिएको छ। नयाँ सेन्टर कन्सोल डिजाइन, तीन-स्पोक स्टीयरिङ ह्विल, र भेन्टिलेटेड फ्रन्ट सिटहरूले क्याबिनलाई थप आरामदायी र आधुनिक बनाएका छन् ।

टेक-प्रेमी प्रयोगकर्ताहरूका लागि Level 2 ADAS, BlueLink कनेक्टिभिटी, OTA अपडेटहरू, र वायरलेस Apple CarPlay तथा Android Auto जस्ता सुविधाहरू उपलब्ध छन्। अन्य प्रमुख फिचरहरूमा ड्राइभ र ट्र्याक्सन मोड, छवटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड-स्पट मोनिटर, र इलेक्ट्रिक सनरूफ पनि समावेश छन्। नयाँ भेन्यु आठ भेरियन्ट HX2, HX4, HX5, HX6, HX6T, HX7, HX8, र HX10 मा उपलब्ध छ ।

हुन्डाईले आफ्नो भरपर्दो इन्जिन विकल्पहरू कायम राखेको छ, जसमा अब नयाँ ६-स्पीड टर्क कनभर्टर अटोमेटिक विकल्प पनि थपिएको छ। पावरट्रेन विकल्पहरू यस प्रकार छन्:

  • १.२-लिटर NA पेट्रोल (८२ bhp / ११४ Nm) – ५-स्पीड म्यानुअल
  • १.०-लिटर टर्बो पेट्रोल (११८ bhp / १७२ Nm) – ६-स्पीड म्यानुअल वा ७-स्पीड DCT
  • १.५-लिटर डिजेल (११४ bhp / २५० Nm) – ६-स्पीड म्यानुअल वा अटोमेटिक

२०२५ हुन्डाई भेन्यु ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, अब किया सोनेट, मारुति ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट, र महिन्द्रा XUV 3XO जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा दिन आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img