Tuesday, August 25, 2026
spot_img
spot_img

राष्ट्र बैंकका ११ ईडीको सरुवा: नियमनमा रामु पौडेल, गभर्नर कार्यालयमा दयाराम शर्मा

spot_img

नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशक (ईडी) को सरुवा भएको छ। कार्तिक १७ गतेको निर्णय अनुसार राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशक मध्ये ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो। कार्तिक १९ गतेदेखि लागु हुने गरि कार्यकारी निर्देशकहरुको सरुवा भएको हो।

जस अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेलको सरुवा भएको छ । उनी मुद्रा व्यवस्थापन विभागमा थिए । गभर्नर कार्यालयमा दयाराम शर्मा आएका छन्। उनी मौद्रिक व्यवस्थापन विभागमा थिए । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापाको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ ।

हेर्नुस् को कहाँ पुगे ?

रेवतीप्रसाद नेपाल : विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग

रामु पौडेल: मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभाग

विश्रुत थापा : मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभाग

दयाराम शर्मा : मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालय

गुरुप्रसाद पौडेल : बैंक तथा वित्तीय संस्था नियमन विभागबाट  मानव संसाधन व्यवस्थापन विभाग

किरण पण्डित :  भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभाग

डा. सत्येन्द्र तिमिल्सिना : वित्तीय संस्था सुपरिवेक्षण विभागबाट  भुक्तानी प्रणाली विभाग

रोशन कुमार सिग्देल :  सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट  बैंकिङ विभाग

डा. डिल्लीराम पोख्रेल : बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभाग

अनुज दाहाल : संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट  मुद्रा व्यवस्थापन विभाग

राजन विक्रम थापा :  गभर्नरको कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...
spot_img