रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कार्तिक १४ गते शेयर बाँडफाँड गरिएको हो।
कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार ५ सय १७ जना आवेदकलाई ५९ लाख ६१ हजार ०७६ कित्ता शेयर हकप्रद बाँडफाँड गरिएको छ । यस संगै बिक्री नभएको १० लाख ३८ हजार ९ सय २४ कित्ता शेयर लिलाममा आउने छ।
नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













