Saturday, May 2, 2026
spot_img
spot_img

डेडिकेटेड ट्रंकलाइन विवादः उद्योगहरुलाई २८ महिने किस्ताबन्दीको सुविधा दिने प्राधिकरणको निर्णय

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपयोग गरेका तर, बक्यौता तिर्न बाँकी उद्योगीहरुलाई २८ महिनाको किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको छ ।

बिहीबारको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुलाई २८ किस्तामा तिर्न सक्ने गरि किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

यता, उद्योगीहरुले भने प्राधिरकणले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदले समेत लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले पूरानै शैलीमा बिना प्रमाण बिल तिर्न आउनु भन्दै पत्राचार गरेको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार उद्योगहरुबाट बाँकी बक्यौता उठाउन निर्देशनसहितको पत्र आएपछि २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाइएको बताएको छ । प्राधिकरणले असार ९ र १० गते विभिन्न उद्योगहरुलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न १५ दिनको ‘अल्टिमेटम’सहित पत्र पठाएको थियो ।

१५ दिनभित्र बक्यौता दाखिला गर्नु भनिएकोमा उद्योगीहरुले अटेर गरेपछि प्राधिरकणले फेरि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युत लाइन काटिसकेको छ ।

प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि उद्योगीहरुले सरकारले गठन गरेको न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर प्राधिकरणले उद्योगीहरुलाई तर्साउने र धम्काउने काम गरेको टिप्पणी गरेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img