Thursday, May 7, 2026
spot_img
spot_img

महासंघ निर्वाचन : अध्यक्षले थालेको सर्वसम्मतको प्रयास सफल होला ?

spot_img
spot_img

नियमित रुपमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा चैत २८ गते हुनुपर्छ । उक्त दिन साधारणसभासँगै ‘उद्योग वाणिज्य दिवस’ मनाएर भोलिपल्ट अर्थात् चैत २९ गते चुनाव गर्ने नियमित तालिका पनि हो ।

तर, मुलुकमा अहिले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलन पश्चात अनिश्चितताको अवस्था रहेकाले महासंघको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलको स्थिति छ । आन्दोलन पश्चात बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेपनि दलहरु निर्वाचन हुनेमा ढुक्क छैनन् । विघठित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले संसद पुन:स्थापनाको माग अघि सारेको छ । यस्तो अवस्थामा फागुन २१ गते सहज रुपमा निर्वाचन हुन्छ भन्नेमा संशय पैदा भएकाले महासंघको चुनाव पनि पछि सर्ने हो कि भन्ने चिन्ता देखिएको छ ।

तालिका तलमाथि नहोला: एक पदाधिकारी

महासंघका एक जना पदाधिकारीका अनुसार साधारणसभा र निर्वाचनको नियमित तालिका प्रभावित नहुने अवस्था सिर्जना गर्न महासंघ अहिले प्रयासरत छ । महासंघले चैत २८ गते हरेक वर्ष साधारणसभा गर्ने र तेस्रो वर्षको चैत २९ गते निर्वाचन गर्ने नियमित तालिका नै भएकाले सरकारले पनि यो तालिका तलमाथि हुन नदिने विश्वास उनको छ ।

‘कोभिड १९ को महामारीका बेला भेला तथा कार्यक्रमहरु गर्न सरकारले रोकेको थियो, त्यतिबेला ९ महिना ढिला गरी साधारणसभा र निर्वाचन गरिएको थियो’ ति पदाधिकारीले स्मरण गरे, ‘अहिले त्यस्तो कुनै महामारीको अवस्था होइन । फेरि हाम्रो भेला तथा कार्यक्रम भनेको कुनै आन्दोलन र जुलुस पनि होइन । त्यसकारण साधारणसभा रोकिँदैन भन्नेमा विश्वस्त छौँ ।’

उनका अनुसार विधान संशोधन गर्न चाहिँ महासंघले मन्त्रिपरिषदको स्वीकृत लिनुपर्छ । सरकारबाट स्वीकृति लिएरै महासंघले विधान संशोधन गरिसकेको छ । ‘उक्त संशोधित विधान पनि गत साधारणसभाबाट पारित नै भइसकेको छ’ ति पदाधिकारीले भने, ‘यसर्थ नियमित तालिका प्रभावित हुँदैन होला भन्ने नै लाग्छ । फेरि, फागुन २१ मै संसदीय निर्वाचन हुने भएकाले महासंघको साधारणसभासम्म नयाँ संसद र नयाँ सरकार आएर अवस्था सामान्य बनिसक्छ र बन्नुपर्छ भन्ने हाम्रो विश्वास पनि छ ।’

सर्वसम्मतको प्रयासमा अध्यक्ष ढकाल

संशोधित विधान अनुसार यसपाली मुख्यगरी ४ उपाध्यक्षमा सबैभन्दा बढी चुनाव लाग्नेछ । हाल वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्नेछन् । उनको कार्यकाल सकिएपछि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुनेछ । अर्थात्, श्रेष्ठको कार्यकाल सकिएपछि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हट्नेछ ।

यसकारण यसपाली जिल्ला नगर तर्फका २, वस्तुगत तर्फका १ र एसोसियट तर्फका १ उपाध्यक्षमा सबैभन्दा बढी चुनाव लाग्ने देखिन्छ । तर, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षमा पनि चासो भने उत्तिकै रहनेछ ।

जेनजी आन्दोलनमा भएको घुसपैठले निजी क्षेत्रमाथि पनि आक्रमण भएकाले यसपाली निजी क्षेत्र एक छ भन्ने सन्देश दिनका लागि अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मतको प्रयास अघि बढाएको महासंघ स्रोत बताउँछ । ‘अहिले निजी क्षेत्रमा आफैँभित्र प्रतिस्पर्धा गर्ने बेला छैन, यो भनेको एक हुने बेला छ । अध्यक्ष ज्यूले सकेसम्म सर्वसम्मत रुपमा आउँदो कार्यसमित चयन होस् भनेर आवश्यक छलफल गरिरहनु भएको छ’ महासंघ स्रोत भन्छ, ‘उद्योगी व्यवसायीहरु पनि अहिले निर्वाचनका नाममा प्रतिस्पर्धामा उत्रिनु जायज हुँदैन, एक भएर जानुपर्छ भन्नेमा सहमत नै देखिनु भएको छ ।’

हालसम्म वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र पूर्व उपाध्यक्ष रामचन्द्र सांघाई, दिनेश श्रेष्ठको नाम चर्चामा छ । एसोसियट उपाध्यक्षमा देशबन्धु बस्नेत (अजित) र प्रबलजंग पाण्डेको नाम चर्चामा छ । वस्तुगत उपाध्यक्षमा शिव घिमिरे र नरेशलाल श्रेष्ठ आकांक्षी देखिएका छन् ।

संशोधित विधान अनुसार अब महासंघमा जिल्ला नगर तर्फबाट २ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । उम्मेदवारहरुमध्ये सबैभन्दा धेरै मत ल्याउने २ जना जिल्ला नगर उपाध्यक्षमा निर्वाचित हुने प्रावधान छ ।

२ जना निर्वाचित हुने जिल्ला नगर उपाध्यक्षका लागि हालसम्म ८ जनाको नाम चर्चामा छ । दिलसुन्दर श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, पदम शाही, डी.बी. बस्नेत, राजेन्द्र राउत, उमेश डालमिया, कल्पना गैरे र कमल श्रेष्ठको नाम जिल्ला नगर उपाध्यक्षका उम्मेदवारका रुपमा चर्चामा छ ।

पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्यका आकांक्षीले आन्तरिक तयारी भने सुरु गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img