Monday, April 20, 2026
spot_img
spot_img

एथरको रिज्टा नयाँ रंगमा नेपाल आयो

spot_img
spot_img

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर एनर्जी नेपालले फ्यामिली स्कुटर एथर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो रंगमा ल्याएको हो ।

यो विशेष संस्करण लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ । यससँगै एथर रिज्टा अब ९ फरक–फरक रङहरूमा उपलब्ध हुनेछ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ।

नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक प्रस्तुत भएदेखि नै यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ ।

एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो, जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ ।

विशाल सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ । भारतमा यसको बिक्री पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट नाघिसकेको छ । नेपालमा यसको बिक्री तथा वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत भइरहेको छ ।

एथर रिज्टाका मुख्य विशेषताहरू

१) एकपटक चार्जमा १५९ किमी सम्मको दूरी पार गर्न सक्ने — सहरभित्र र सहरबाहिर दुबैका लागि आदर्श।
२) ४.३ पावर मोटरले तुरुन्त टर्क, स्मूथ एक्सेलेरेसन र आत्मविश्वासपूर्ण गति प्रदान गर्छ।
३) वर्गकै सबैभन्दा लामो सिट, जसले चालक र पछाडिको सवारी दुबैलाई अधिकतम सहजता दिन्छ।
४) स्किड कन्ट्रोल, अटो–होल्ड, इमर्जेन्सी स्टप सिग्नल, र डिस्क ब्रेक जस्ता विशेषतासँग सुसज्जित।
६) ७ इन्च टचस्क्रिन टीएफटी डिस्प्ले, गूगल म्याप्स नेभिगेशन, ब्लुटुथ म्युजिक र कल कन्ट्रोल, तथा OTA सफ्टवेयर अपडेट ।
७) IPX7 क्ष्एह्ठ रेटेड ब्याट्री, ५ वर्षको वारेन्टी सहित दीर्घकालीन भरोसा ।
८) ५६ लिटर सम्मको स्टोरेज क्षमता, जसमा ३४ लिटर अन्डर–सिट र वैकल्पिक २२ लिटर अगाडिको फ्रन्क ९ाचगलप० समावेश।

एथर रिज्टा टेराकोटा रेडका बुकिङ र डेलिभरी हाल नेपालभरका सबै एथर एक्स्पिरियन्स सेन्टरहरूमा खुला छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...

स्थानीयलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

१३.१७ अंकले घट्यो शेयरबजार, १५ प्रतिशतले बढ्यो ४ कम्पनीको शेयर

आज सोमबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से...
spot_img