Wednesday, June 17, 2026
spot_img

गोदावरी पुष्प मेला सम्पन्न, एक करोड ३३ लाखको कारोबार

spot_img
spot_img

ललितपुरको जावलाखेल मैदानमा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको सो प्रदर्शनीलाई ३९ हजार बढीले अवलोकन गरेका थिए ।

प्र्रदर्शनी अवधिभरीमा १ करोड ३३ लाख बढीको कारोबार भएको आयोजकले जनाएको छ । मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले बताए ।

मेलामा गोदावरी, सयपत्री लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए । वर्षेनी आयोजना हुने मेलाका कारण व्यवसायी र उपभोक्ताबीच थप समन्बन्ध बिस्तार भइ फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।

आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजूद पनि अवलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको दाबी छ ।

मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २ र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो ।

प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माइ नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका छन् । त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माइ नर्शरी, वेष्ट मिनियचनर सम्झना नर्शरी, बेष्ट इन्कर्भमा आजिमा नर्शरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्शरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्शरी र बेष्ट स्टलमा दिक्षा नर्शरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।

नेपालमा २०११ सालबाट सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपालको स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको हो ।

हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैँलदो अवस्थामा रहेको फ्यानको जनाएको छ । पुष्प खेती भईरहेको जिल्ला संख्या ५२ रहेको छ भने २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।

पुष्प क्षेत्रमा एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीहरु संलग्न रहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढि रहेको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५३ हजार ५ सय भन्दा बढी जनशक्तिले रोजगारी पाइरहेका छन् । पुष्पको वार्षिक कारोबार ३ अर्ब ३७ करोड रहेको फ्यानले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड २ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा १०९.१६ प्रतिशतले बढेर २ करोड १३ लाख ६० हजार पुगेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा ५४.२७ प्रतिशतले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक आयात कारोबार १२ करोड ७० लाख ८९ हजार रुपैयाँ रहेको छ ।

पुष्प तथा पुष्पजन्य वस्तुको बजार मागमा हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले वृद्धि भइरहेको जनाइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img