हिमालयन डिस्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले कार्तिक ३० गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि कार्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।











