नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार अब बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम जेन्जी आन्दोलनका घाइते र मृतकको परिवारलाई खर्च गर्न पाउने छन्।
यो व्यवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र पूर्वाधार विकास बैंकलाई लागु हुने छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई सीएसआरको रकम उपलब्ध गराउन सक्ने छन्।
त्यस्तै जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई पनि बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम प्रदान गर्न सक्ने छन्।













