आज असोज २६ गते दुई वटा कम्पनीको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । भदौ २३ गतेबाट हकप्रद बिक्री खुला गरेका सिटी होटेल लिमिटेड र रिभर फल्स पावरको हकप्रद भर्ने आज असोज २६ गते अन्तिम दिन हो ।
सिटी होटेल लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
त्यस्तै रिभर फल्स पावर लिमिटेडले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले सो दिन भन्दा एक दिन अगाडीसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













