नेपाल राष्ट्र बैंकले एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा घटाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट निकाल्न पाइने रकमको सीमा घटाएको हो।
नयाँ व्यवस्था अनुसार अब एटिएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ, एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र १ महिनामा ३ लाख रुपैयाँ मात्र निकाल्न सकिने छ।
यस अघि एटिएमबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँ, एक दिनमा अधिकतम १ लाख रुपैयाँ र १ महिनामा ४ लाख रुपैयाँ मात्र निकाल्न सकिने व्यवस्था थियो।













