Tuesday, June 23, 2026
spot_img

निर्यातको नगद अनुदान रोकियो, हेर्नुहोस् सूचना

spot_img
spot_img

नेपालबाट वस्तु तथा सेवाको निर्यातलाई प्रवद्र्धन गर्न सरकारले सुरु गरेको ‘नगद अनुदान’ सम्बन्धि काम उद्योग विभागले रोकेको छ । जेनजी आन्दोलनका कारण दायित्व सिर्जना हुने काम रोक्ने भन्दै उद्योग मन्त्रालयले निर्यात बापतको नगद अनुदान दिनका लागि उद्योगीहरुबाट मूल्य अभिवृद्धि प्रमाणीकरणको काम नै रोकेको हो ।

विभागले असोज २३ गते सूचना निकालेरै आर्थिक वर्ष २०८१/०८२ को स्वघोषणा पेश गर्ने प्रक्रिया रोकेको हो । ‘… उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको च.नं. मिति २०८२/०६/५ को पत्रबाट चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी निवेदन लिन उपर्युक्त नदेखिएको भनी लेखी आएको हुँदा आर्थिक वर्ष २०८१÷०८१ को स्वघोषणाको विवरण उद्योग विभागमा पेश नगर्ने व्यवस्था हुन सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ’ विभागले भनेको छ ।

सरकारले नेपालबाट निर्यात गर्ने उद्योगहरुलाई निर्यातबापत अधिकतम् ८ प्रतिशतसम्म अनुदान दिँदै आएको थियो । कम्तीमा ३० प्रतिशत स्वदेशी मूल्य अभिवृद्धि प्रमाणित गरेर निर्यात भएका वस्तुको कुल मूल्यको अधिकतम् ८ प्रतिशतसम्म यस्तो अनुदान दिने गरिएको थियो । निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि अनुसार ८ प्रतिशत अनुदान पाउन ५० करोडभन्दा माथिको निर्यात गर्नुपर्ने थियो ।

पछिल्ला वर्षहरुमा उद्योग विभागले उद्योगहरुबाट स्वघोषणा प्रमाणिकरण बुझेपछि अनुदान भने दिन सकेको थिएन । तर, अहिले आएर स्वघोषणा नै रोकिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img