Tuesday, July 28, 2026
spot_img

मौद्रिक नीतिमा समावेश गर्न फाइनान्स कम्पनीले दिए यस्ता सुझाव

spot_img

फाइनान्स कम्पनीहरुको छाता सङ्गठन नेपाल वित्तीय संस्था संघले आगामी मौद्रिक नीतिमा समावेश गर्नको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ। संघले असार २४ गते राष्ट्र बैंकमा सुझाव पेश गरेको हो ।

संघले रियल स्टेट कर्जामा लाग्दै आएको जोखिम भारलाई हालको १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न सुझाव दिएको छ। साथै ५० लाख भन्दा बढीको शेयर धितो  कर्जाको जोखिम भारलाई हालको १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न संघले सुझाव दिएको छ।

हाल बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशतसम्म शेयर धितो कर्जा दिन सक्ने व्यवस्था रहेकोमा यो सीमालाई हटाउनु पर्ने संघको सुझाव छ। शेयर धितो  कर्जाको  एकल ग्राहक सीमा तोकिएको अवस्थामा कोर क्यापिटलको ४० प्रतिशतसम्म भनि सीमा लगाउनु नहुने संघले उल्लेख गरेको छ ।

कोभिडकालमा व्यवस्था गरिएको असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ प्रतिशत मात्र प्रोभिजन गर्नु उपयुक्त हुने सुझाव संघले दिएको छ । त्यस्तै परिस्थितिवस समस्यामा परेका तोकिएको क्षेत्रका ऋणीको कर्जा पुनर्तालिकीकरण वा पुनसंरचना गर्दा बुझाउनु पर्ने ब्याजलाई १० प्रतिशतबाट घटाएर ५ प्रतिशत  कायम गर्नु पर्ने सुझाव संघले दिएको छ ।

त्यस्तै हाल फाइनान्सहरुलाई स्प्रेड दर ४.६ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ५.२ प्रतिशत बनाउन पनि संघले सुझाव दिएको छ । साथै आधार दर गणना गर्ने प्रयोजनको लागि संचालन खर्चको १०० प्रतिशत नै समावेश गरेर आधार दर गणना गर्न संघको सुझाव छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...
spot_img