Monday, April 20, 2026
spot_img
spot_img

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल: पूराना गाडीसँग ईभी सट्टापट्टाको सुविधा

spot_img
spot_img

एमएडब्लु वृद्धिले शुक्रबार (असोज २४ गते) देखि चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका सोरुमहरुमा एकैसाथ मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको हो ।

तीन दिनसम्म चल्ने एक्सचेन्ज मेलामा ग्राहकहरुले पूराना गाडीहरु साटेर एमएडब्लु वृद्धिले बिक्री गर्दै आएका ईभी लैजान पाउने छन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस ब्राण्डका ईभी हेर्न र टेस्ट ड्राइभ गर्न पाउने छन् ।

कार्यक्रममा विभिन्न गेम पनि खेलाइनेछ ।

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका ‘टप फाइभ’ रिकन्डिसन हाउसमार्फत् आफ्ना पूराना गाडीहरुको मूल्यांकन गराउन सक्ने छन् । साथै एक्सचेन्ज मेलामा बोनस र नगद छुट पनि उपलब्ध हुनेछ । जस अनुसार निश्चित मोडलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्ने छन्।

मेलामा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टेको मज्जा समेत लिन पाउने छन् ।

एक्सचेन्ज कार्निभलमा अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारको टेस्ट ड्राइभ समेत गर्न पाइने छ । शोमा दिपल एस०५ र नामी भिगो पनि प्रदर्शनमा राखिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img