दशैँका लागि असोज १३ गते अर्थात् फुलपातीको दिनदेखि बन्द रहेका बैंक तथा वित्तीय संस्था आजबाट नियमित रुपमा खुल्ने भएका छन् । आज सोमबारबाट नियामक निकाय नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरु खुल्ने भएका हुन् ।
असोज १९ गतेबाटै नियमित रुपमा खुल्नुपर्ने बैंकहरु बाढी तथा पहिरोका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार खुलेनन् । केही बैंकहरुले ‘होलिडे काउण्टर’ भने खुलाएका थिए ।
तर, सरकारले आजदेखि काठमाडौं उपत्यकाकासहित पश्चिम क्षेत्रको बिदा हटाएपछि सोमबारबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखाहरु खुल्ने भएका हुन् ।