जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको हकप्रद असोज ७ गते बाँडफाँड गरिएको हो।
कम्पनीले साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १:०.६५ को अनुपातमा ६५ प्रतिशतले हुन आउने २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई २२ लाख २४ हजार १ सय ७३ कित्ता शेयर बाँडफाँड गरिएको छ।
अब बिक्री नभएको १ लाख ८९ हजार ९ सय २७ कित्ता शेयर लिलाममा आउने छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













