Sunday, August 9, 2026
spot_img

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य, सरकारलाई अध्यादेश ल्याउने बाटो खुल्यो

spot_img

राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्‍ट्रिय सभाको चालु अधिवेशन २०८२ साल भदौ ३१ गते मङ्‌गलबार राती १२:०० बजेदेखि अन्त्य गरेका हुन्।

भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने र अन्त्य गर्न सक्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपतिले यस अघि नै प्रतिनिधिसभा विघटन गरिसकेका छन् ।  राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य भएकोले अब सरकारलाई अध्यादेश ल्याउने बाटो खुलेको छ। संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारलाई कुनै कानून आवश्यक परेमा अध्यादेश मार्फत ल्याउन सकिने व्यवस्था छ। राष्ट्रपतिले अध्यादेश जारी गरेप्चही त्यसले कानूनी रुप लिने छ।

यससंगै सरकारले केही अध्यादेश ल्याउन सक्ने अनुमान गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img