हिमालयन रिइस्योरेन्स लिमिटेडले हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीले असोज १ गतेदेखि लागु हुने गरि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।
यस संगै अब कम्पनीको शेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, रोक्का गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले गर्ने छ।
यस अघि कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल थियो।













