Friday, June 19, 2026
spot_img

‘हामी हल्लिएका छौँ, ढलेका छैनौँ, अझै दरिलो भएर अघि बढ्नेछौँ’

spot_img
spot_img

राजस्वको सदुपयोग हुनुपर्ने, भ्रष्टाचार रोक्नुपर्ने, रोजगारीको अवसर सिर्जना हुनुपर्ने जस्ता माग राखेर जेनजी पुस्ता भदौ २३ गते आन्दोलनमा उत्रिँदा नयाँ पुस्ताले समाजप्रति जिम्मेवारी बोध गरेको देखेर हामी खुशी भएका थियौँ । उनीहरुले उठाएका माग जायज थिए । तर, अप्रत्याशित र अस्वभाविक रुपमा भदौ २४ गते आन्दोलनमा घुसपैठ हुँदा व्यक्तिगत सम्पत्ति र निजी क्षेत्रमाथि आक्रमण भयो । यो नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि अत्यन्तै दुःखद कुरा हो ।

हरेक १०/१० वर्षमा मुलुकमा उथलपुथल भइरहने अवस्थाले हामीलाई छोडेन । २०६२/०६३ को आन्दोलन पश्चात मुलुक स्थिरतातर्फ अघि बढ्छ भन्ने थियो । तर, संविधान बनाउनै १० वर्ष लाग्यो । त्यसपछि राज्यको प्रमुख मुद्दा नै अर्थतन्त्रको विकास भन्ने भयो । यसमा निजी क्षेत्र पनि खुशी थियो । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई पनि साथमै लिएर हिड्नुपर्छ भनेर सरकारलाई भनेका थियौँ ।

तर, लगत्तै मुलुक महाभूकम्पले थिलथिलो बन्यो । त्यसबाट तङ्ग्रिएर एउटा लय समात्ने बेलामा विश्वब्यापी रुपमा कोभिड महामारी फैलियो । नेपाली अर्थतन्त्र पनि त्यसको शिकार बन्यो । यसबाट क्रमशः सुधार हुँदै गएको अर्थतन्त्रमा अहिले फेरि अर्को बज्रपात आइपरेको छ ।

सार्वजनिक सम्पत्तिहरुमाथि तोडफोड र आगो लगाइएको छ । सिंहदरबार केवल मुलुकको प्रशासनिक केन्द्र मात्रै थिएन, हाम्रो प्राचीन सभ्यता पनि थियो । त्यो नासियो । नेपाली जनता र व्यवसायीले थोपा थोपा रगत र पसिना बगाएर तिरेको कर र राजस्वबाट बनाइएका सिंहदरबार, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरु ध्वस्त भएका छन् ।

सँगै, व्यक्तिगत सम्पत्ति, रोजगारदाता उद्योगी व्यवसायी एवम् र सिङ्गो निजी क्षेत्रमाथि अन्धाधुन्ध आक्रमण हुँदा नेपालको आर्थिक स्थायित्व नै डगमगाएको छ । हल्लिएको छ । जेनजीको प्रदर्शनमा घुसपैठ हुँदा मुलुकले ठूलो क्षति ब्यहोर्नुपर्‍यो ।

मैले माथि पनि भनेँ, युवा पुस्ताका मागहरु जायज थिए । तर, उनीहरुका नाममा घुसपैठ गरेर सार्वजनिक सम्पत्ति र निजी क्षेत्रमाथि आक्रमण, तोडफोड र आगजानी गर्नेहरुलाई पहिचान गरेर कानूनी दायरामा ल्याउनुपर्छ । जेनजी आन्दोलनका अगुवाहरुले नै घुसपैठ भएको बताइसकेका छन्, यसको छानबिन हुनुपर्छ, दोषीले सजाय पाउनुपर्दछ ।

निश्चय पनि, राजनीतिक दलका शीर्ष नेताहरुप्रति युवा पुस्तामा चरम वितृष्णा थियो । पटकपटक देशको नेतृत्व गरिसकेका नेताहरुले स्वतःस्फूर्त रुपमा ‘रिटायरमेन्ट’ लिउन् भन्ने आम जनताको चाहना थियो । तर, उहाँहरुले सधैँ मपाईंत्व गरिरहनु भयो, जसका कारण राजनीति नै बिकृत बन्यो । विज्ञहरुका सल्लाह र सुझाव सुनिएन । न दिएका सुझावलाई ग्रहण नै गरिए । जसका कारण देशमा आजको स्थिति पैदा भएको छ ।

नेपालको निजी क्षेत्र सधैँ आशावादी रहँदै आएको छ । यसपटक पनि हामी हल्लिएका पक्कै छौँ, तर ढलेका छैनौँ । हामी भाँचिएका छैनौँ । निजी क्षेत्र राष्ट्र सेवाप्रति समर्पित छ, अझै दरिलो भएर अघि बढ्न तयार छ । निजी क्षेत्र सदैव लगानी विस्तार गर्न र रोजगारी सिर्जना गर्न तयार छ । केवल सरकारले त्यसका निम्ती वातावरण बनाइदिनुपर्दछ ।

नयाँ सरकारले निजी क्षेत्रलाई महत्वका साथ काम गर्ने, लगानी गर्ने, रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । यसका लागि सबै पक्षको राय, सल्लाह र सुझाव लिएर नवगठित सरकार अघि बढ्नुपर्दछ ।

(लेखक राजेन्द्र मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष पनि हुन् ।)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img