Thursday, June 25, 2026
spot_img

अकल्पनीय क्षतिपछि फेरि उठ्दै भाटभटेनी, १६ वटा आउटलेटबाट सेवा दिन सुरु

spot_img
spot_img

जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका देशभरका १२ वटा आउटलेट पूर्णरूपमा जले। अरु ९ वटा आउटलेटमा तोडफोड र लुटपाट भए ।

अकल्पनीय क्षतिपछि भाटभटेनी फेरि उठ्न थालेको छ । भाटभेटेनीले आजबाट १६ वटा आउटलेट ग्राहकको लागि खुला गरेको छ। जस मध्ये काठमाडौँ उपत्यकाका ९ वटा स्टोर रहेका छन् भने बाँकि ७ वटा काठमाडौँ उपत्यका बाहिरका छन् ।

सेवा दिन थालेका आउटलेटमा काठमाडौँ भित्रका टोखा, सातदोबाटो, अनामनगर, त्रिपुरेश्वर, पाटन, कलंकी, राधे राधे र बालाजु रहेका छन् । त्यस्तै उपत्यका बाहिरका नेपालगंज, जनकपुर, बुटवल, बिरगंज, धनगढी, इटहरी, र भैरहवा रहेका छन् । हालको लागि यी स्टोर दिउँसो २:३० देखि बेलुका ८:३० बजेसम्म खुला रहने छन्।

भाटभटेनी केवल एक स्टोर मात्र नभई, यो परिवार भएकोले अब फेरि परिवारको रूपमा उभिएको भाटभटेनीले जनाएको छ। ग्राहकको धैर्यता, समर्थन र विश्वासको लागि धन्यवाद दिदै भाटभटेनीले फेरि पनि पहिले जस्तै सेवा दिने प्रतिवद्दता जनाएको छ।

सामाजिक संजालमा ‘यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा गर्ने अभियान’

यस संगै सामाजिक संजालमा यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा गर्ने अभियान सुरु भएको छ । पत्रकार नारायण अमृतले फेसबुकमा यो अभियान सुरु गरेका हुन् । उनले लेखका छन् ‘संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ। जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ। त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ। उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल उन्नत हुन जरुरी छ। जति सक्छु, गच्छेअनुसार हुने मेरो यसपकटकको चाडबाड किनमेल भाटभटेनीमा हुने छ।’

उनलाई साथ दिदै पत्रकार टिकाराम यात्रीले पनि सोहि सामग्री शेयर गरेका छन् । अन्य धेरैले पनि यस अभियानमा साथ दिएका छन् । यद्यपि कतिपयले भने भाटभटेनीका संचालक मिन बहादुर गुरुङलाई पार्टीलाई सहयोग गर्ने रकम सामाजिक कार्यमा खर्च गर्न आग्रह गरेका छन् ।

अकल्पनीय क्षति

जेनजी आन्दोलमा भाटभटेनीलाई अकल्पनीय क्षति पुगेको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, विर्तामोड, दमक, विराटनगर र धरानका आउटलेटहरु पूर्णरुपमा ध्वस्त भएका छन् । कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा आउटलेटमा भने तोडफोड र लुटपाट भएको छ। कुल क्षतिको विवरण संकलन गर्न ४ हप्तासम्म समय लाग्न सक्ने जनाइएको छ । कुल कारोबारको ८० प्रतिशत हिस्सा ओगट्ने २१ आउटलेटहरुमा क्षति हुँदा १५ सयभन्दा बढीले रोजगारी गुमाएका छन् ।

यस अघि : जेनजीको आवरणमा ठूलो रोजगारदातामाथि आक्रमणः भाटभटेनीका १२ आउटलेट खरानी

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img