नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहिबार बिहानै सामाजिक संजालमा भावुक पोस्ट गरेका छन् । जेनजी प्रदर्शनकारीहरुको आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले जलाईदिएका दुबै घरको भिडियो हाल्दा उनी भावुक देखिएका हुन् ।
गभर्नर पौडेलको भैसेपाटीको घर र चितवनको घर जलेको छ। भैसेपाटीमा गभर्नर, उनकी श्रीमती र छोरीहरु बस्दै आएका थिए भने चितवनमा उनका बृद्ध बा आमा बस्दै आएका थिए।
उनले दुबै घर आफ्नै पैसाले बनाएको र अहिलेसम्म कसैसंग पनि दुई पैसा नमागेको र कसैको पैसा नखाएको बताएका छन् । यदि मागेको वा खाएको भए नयाँ सरकार बनेपछि रिपोर्ट गर्न पनि भनेका छन् । आफ्नो भैसेपाटीको घर जलाएर आफुमाथिको रिस नपोखिएर बृद्ध बा आमा बस्ने घर पनि जलाउने फलोस् फुलोस् भन्दै कटाक्ष गरेका छन् ।
हेर्नुस गभर्नर पौडेलका दुई स्ट्याटस :













