एनआईएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा संचालित थप ३ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को लागि एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड १ र एनआईबिएल समृद्धि फण्ड २ को लाभांश घोषणा भएको हो ।
जस अनुसार एनआईबिएल ग्रोथ फण्डले कर सहित १० प्रतिशत, मेगा म्युचुअल फण्ड १ ले कर सहित ११.७५ र एनआईबिएल समृद्धि फण्ड २ ले कर सहित ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
यी फण्डले लाभांश वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।











