जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ देखि हकप्रद बिक्री खुला गरेको हो।
कम्पनीले १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशतले हुन आउने २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













