Tuesday, May 5, 2026
spot_img
spot_img

यी १० बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बंगलादेशी कम्पनीसँग सम्झौता, ५ महिनामा सक्नु पर्ने

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि बंगलादेशको कम्पनीसँग सम्झौता गरेको छ ।  राष्ट्र बैंकले भदौ १२ गते बिहीबार बंगलादेशको Howladar Yunus & Co. सँग सम्झौता गरेको हो ।

प्राविधिक प्रस्तावमा यही एउटा कम्पनी मात्र योग्य भएकोमा कम्पनीले गरेको आर्थिक प्रस्ताव पनि राष्ट्र बैंकले स्वीकार गरेको थियो। राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागका अनुसार अब बंगलादेशको Howladar Yunus & Co. ले भ्याट सहित ६२ लाख ५४ हजार ९ सय १२ रुपैयाँ ५० पैसामा १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने छ । साथै सो कम्पनीले कल्सल्टेन्सी सेवाको लागि २ लाख ७१ हजार ६ सय ७० अमेरिकी डलर पाउने छ ।

यस अघि राष्ट्र बैंकले  ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका थिए। यी मध्येबाट राष्ट्र बैंकले प्राविधिक रुपमा Howladar मात्र योग्य ठहर गरेको थियो र सोहि कम्पनी वित्तीय प्रस्तावमा पहि पास भएकोले सोहि कम्पनीसँग सम्झौता गरिएको हो ।

लोन पोर्टफोलियो रिभ्युको लागि ५ महिनाको समय दिइएको छ ।  सम्झौता भएसंगै Howladar ले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने छ। Howladar र Yunus दुई जना सीए हुन् । उनीहरु कै नामबाट कम्पनीको नाम राखिएको हो।

राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।

किन गरिंदै छ १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु ?

राष्ट्र बैंकले मर्जर तथा प्राप्ति पश्चात ठूलो बनेका १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने तयारी गरेको हो।अन्तराष्ट्रिय मुद्रा कोषको शर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु हुन लागेको हो । ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सन्‌राइज बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंकको लोन पोर्टफोलियो रिभ्यु हुने छ।

यसलाई राष्ट्र बैंकले यसलाई सम्पत्ति गुणस्तर समीक्षा भनेको छ ।  राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा बैंकको कर्जा, र  सम्पतिलगायतका खाता जाँच गरिन्छ। बैंकहरुले ऋण कहाँ र कस्तो क्षेत्रमा दिएका छन्, र त्यसको ताजा अवस्था के छ भनेर समीक्षा गरिन्छ।

अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार लगानी कै कारण भविष्यमा बैंकहरुमा ठूलो जोखिम नआओस् भनेर सम्पत्ति गुणस्तर समीक्षा गर्ने गरिन्छ । यो अन्तराष्ट्रिय अभ्यास नै भएको कोषको भनाई छ।  १० ठूला बैंकको समीक्षा गर्दा यसले समग्र बैंकको अवस्था देखाउने र त्यसको नतिजा अन्य बैंक तथा वित्तीय संस्थालाई मार्गदर्शन हुने बताईएको छ।

नेपालले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा अन्तर्गत ऋणको लागि सम्झौता गर्दा नेपालले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नु पर्ने शर्त थियो । सोहि अनुसार यस खालको रिभ्यु हुन लागेको हो । अहिले बैंकहरुले देखाएको खराब कर्जा वास्तविक नभएको भन्दै यो रिभ्युपछि बैंकहरुको खराब कर्जा अझै बढ्ने मुद्रा कोषको आँकलन छ।यसमा बैंकको अडिट भने हुने होइन ।

यस अघि रद्द भएको थियो ठेक्का 

राष्ट्र बैंकले यस अघि पनि १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ठेक्का आह्वान गरेको थियो। जसमा ५ वटा कम्पनी सर्ट लिस्टमा परेका थिए । ति ५ मध्ये पनि भारतको केपीएमजी अस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपी मात्र प्राविधिक रुपमा योग्य ठहर भएको थियो । तर २०२४ सेप्टेम्बर १ मा खोलिएको वित्तीय प्रस्ताव राष्ट्र बैंकले अस्विकार गरेको थियो। सो कम्पनीले ठेक्काको लागि महँगो मूल्य प्रस्ताव गरेपछि राष्ट्र बैंकले ठेक्का नै रद्द गरेको थियो। वित्तीय प्रस्ताव अस्विकार भएसंगै राष्ट्र बैंकले सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (क) अनुसार ठेक्का रद्द गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img