नाडा अटो शो २०२५ मा AION ब्राण्डका गाडीमा दशर्कहरु झुम्मिएका छन् । भृकुटीमण्डप प्रदर्शनी हलमा भइरहेको अटो शोमा AION स्टल (स्टल नं. A10) मा उल्लेखनीय दर्शकहरूको भिड देखिएको छ।
AION ले शोमा आफ्ना नयाँ मोडलहरू प्रदर्शनीमा राख्नुका साथै आगन्तुकहरूलाई प्रत्यक्ष अनुभव गराउने अवसर दिएको छ । साथै, GAC मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले मेलामा सहभागीहरूलाई लक्षित गर्दै विशेष अफरहरू पनि प्रस्तुत गरेको छ ।
कम्पनीले ८ लाखसम्म छुटको अफरसमेत ल्याएको छ ।
भदौ ३ गतेदेखि सुरु भएको अटो शोमा ८ गतेसम्म हरेक दिन बिहान १०ः३० देखि बेलुका ७ बजेसम्म ब्क्ष्इल् को स्टल भिजित गर्न सकिने छ भने विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सकिनेछ ।













