हिमालयन क्यापिटलको योजना व्यवस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०-२० फण्ड ले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि फण्डको लाभांश घोषणा भएको हो ।
जस अनुसार फण्डले कर सहित १६.१६ प्रतिशत लाभांश घोषणा गरेको छ। फण्डले कुल १६ करोड १६ लाख रुपैयाँ लाभांश दिने छ ।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि प्रकाशन गरिने क्यापिटलले जनाएको छ ।











