Monday, April 20, 2026
spot_img
spot_img

ईभीको ब्याट्री ‘रि–यूज’ गर्न सकिन्छ ?

spot_img
spot_img

नेपालमा विद्युतीय सवारी साधनको उपयोग बढ्दो छ । तर, विद्युतीय गाडीमा जडान गरिएका ब्याट्रीको आयु सकिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा हालसम्म कुनै ठोस निष्कर्ष सरकारले निकाल्न सकेको छैन । सन् २०१९ बाट बढ्न थालेको विद्युतीय सवारी साधनको आयात अहिले कुल आयातको ७५ प्रतिशत हाराहारी पुगिसक्दा पनि ब्याट्रीको व्यवस्थापनबारे भने सम्बन्धित निकायहरुले कुनै नीतिगत प्रबन्ध गर्न सकेका छैनन् ।

ईभीको ब्याट्रीमा प्रयोग हुने रसायन मानव तथा प्रकृतिका लागि हानिकारक मानिन्छ । विद्युतीय सवारीमा लिथियम आयन ब्याट्रीको प्रयोग हुने र यस्ता ब्याट्रीमा कपर, लिथियम, कोबाल्ट जस्ता हानिकारक पदार्थ मिश्रण गरिन्छ । हाल नेपालमा वार्षिक २५ हजार टन विद्युतीय फोहोर निस्कने अनुमान छ ।

जथाभावी फाल्दा मानिसको ‘ब्रेन’मै समस्या निम्तिन सक्छ: विज्ञ

रसायन शास्त्रका जानकारहरुका अनुसार ईभीमा प्रयोग भएका लिथियम आयन ब्याट्री जथाभावी फाल्दा त्यसले घातक रुप लिने जोखिम रहन्छ । कपर, लिथियम, कोबाल्ट जस्ता हानिकारक पदार्थ मिश्रण भएको हुनाले त्यस्ता ब्याट्रीहरु जथाभावी फाल्दा मानव स्वास्थ्य र पर्यावरणमा प्रतिकुल असर पार्ने जानकारहरु बताउँछन् ।

रसायन शास्त्रका प्राध्यापकहरुका अनुसार लिथियम आयन ब्याट्री अब काम नलाग्ने भयो भनेर जथाभावी फाल्दा त्यसबाट निस्कने हानिकारक पदार्थले मानिसको ‘ब्रेन’मा समेत असर गर्छ । आयु सकिएपछि ब्याट्रीबाट लिथियम छुट्याएर मात्रै निकाल्नुपर्ने उनीहरुको भनाइ छ ।

अध्ययन गरेका छौँ: यातायात मन्त्रालय

२०७९ असारमा सर्वोच्च अदालतले प्रदूषण नहुने गरी ब्याट्रीको ब्यवस्थापन गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गर्न आदेश दिएको थियो । त्यसपछि वन तथा वातावरण मन्त्रालयले पनि अध्ययन समिति बनाएको थियो ।

त्यसो त, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि विद्युतीय सवारी साधनको ब्याट्री व्यवस्थापनबारे अध्ययन भइसकेको बताएको छ । २०८१ सालको अन्तिममै विद्युतीय सवारी साधनमा प्रयोग भइसकेका ब्याट्रीको पुन: प्रयोग सम्बन्धि अध्ययन प्रतिवेदन सार्वजनिक भएको र त्यसअनुसार ईभीको ब्याट्रीको वारेन्टी/ग्यारेन्टी अवधि सकिएपछि पनि बाँकी रहेको क्षमता उपयोग गर्न सकिने अवस्था देखिएको मन्त्रालयले जनाएको छ ।

यदि ब्याट्रीको वारेन्टी अवधि सकिएपछि पनि ब्याट्रीमा ५० प्रतिशतभन्दा माथि ‘पफर्मेन्स’ बाँकी रहेमा पावर बैंक, ईभी चार्जर, सोलार प्लान्ट लगायतमा पुन: प्रयोग गर्न सकिने अध्ययनको निष्कर्ष छ ।

‘वारेन्टी सकिएपछि पनि ब्याट्रीको कार्यक्षमता ७० प्रतिशतसम्म रहन सक्छ भन्ने देखियो’ मन्त्रालय स्रोत भन्छ, ‘७० प्रतिशत क्षमता बाँकी हुनु भनेको ब्याट्री रि–यूज हुन्छ भन्ने हो । सबैमा ७० प्रतिशत नै पफर्मेन्स बाँकी रहन्छ भन्ने हुँदैन । कति क्षमता बाँकी छ, त्यस अनुसार ब्याट्रीको ग्रेडिङ गरेर रि–यूजका अप्सनहरु खोज्छौँ ।’

वारेन्टी अवधि सकिएका ब्याट्रीको पफर्मेन्स कति बाँकी छ भनेर निक्र्यौल गर्ने विधिसमेत बनाउन लागिएको मन्त्रालयले बताएको छ ।

भारत पठाउँछौँ: व्यवसायी

अहिले पनि सवारी आयातकर्ता कम्पनीले बिग्रिएका ब्याट्रीहरु आफैँले जिम्मा लिइरहेका छन् । बिवाईडी, टाटा, हुण्डाई लगायतका ब्राण्डले बिग्रिएका ब्याट्री संकलन गरेर भारतमा पठाउने गरेको बताएका छन् । यसका लागि उनीहरुले भारतीय कम्पनीसँग सम्झौता समेत गरेका छन् ।

‘बिग्रिएका ब्याट्री हामीले सुरक्षितसाथ निकालेर गाडीमा अर्को ब्याट्री जडान गरिदिन्छौँ, बिग्रिएको ब्याट्री भने भारतीय कम्पनीका प्राविधिकहरु आएर लैजान्छन्’ एक आयातकर्ता कम्पनीका प्रतिनिधिले भने, ‘यसका लागि हामीले भारतीय कम्पनीसँग सम्झौता नै गरेका छौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img