अब विदेशी नागरिकले नेपाल आउँदा ५ हजार डलरसम्म नगद नै बोकेर आउन सक्ने भएका छन् । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागले प्रकाशित गरेको सूचना अनुसार अब विदेशी नागरिक वा नेपाली नागरिकले विदेशबाट आउँदा ५ हजार डलरसम्म नगद नै बोकेर आउन पाउने भएका हुन् ।
राष्ट्र बैंकको उक्त सूचना अनुसार भारतीय रुपैयाँको हकमा अमेरिक डलर ५ हजार डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि नगदमै ल्याउन पाइनेछ । यसको अर्थ अब विदेशी नागरिक तथा विदेशबाट नेपाल आउने नागरिकले ५ हजार डलरसम्म नगद नै बोकेर आउँदा भन्सार घोषणा गर्नुपर्ने छैन ।
‘सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको’ राष्ट्र बैंकले जनाएको छ ।













