नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३ (iCAUR v23)’ को पहिलो झलक प्रस्तुत गरेको छ ।
ओमोडा एन्ड जेइको र iCAUR दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’ को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।
कम्पनीका अनुसार iCAUR V23 ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ । साइबर-टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५mm, उचाइ १,८४५ मिलिमिटर र विलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, V23, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । कम्पनीले भनेको छ ‘ यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ । यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ । यो एसयुभिको ७०% भन्दा बढी भाग, हाइ-स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ- रिजिडिटी बडीमा निर्मित रहेको छ । V23 ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले iCAUR को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।’
कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए । ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुऱ्याउने लक्ष्य राखेको जनाएको छ।
iCAUR एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो । यसको पहिलो मोडल v23 नेपालमा समेत छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा र जेइको गाडीहरूको आधिकारिक वितरक हो । कम्पनीले नेपालमा Omoda E5, Jaecoo J6 र हालसालै लोन्च भएको Jaecoo J5 बिक्री गर्दै आएको छ।













