Thursday, July 23, 2026
spot_img

तङ्ग्रिदै घरजग्गा व्यवसायः गत वर्ष ६ प्रतिशतले बढ्यो ऋण लगानी

spot_img

पछिल्लो समय घरजग्गा कारोबार चलायमान बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार घरजग्गा क्षेत्रमा कर्जा प्रवाह पनि बढ्दै गएको छ ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) अघिल्लो आर्थिक वर्षको तुलनामा ५.९ प्रतिशतले बढेको छ ।

यसले पनि घरजग्गा कारोबार फस्टाउँदै छ भन्ने देखाएको घरजग्गा व्यवसायीहरु बताउँछन् । पछिल्लो समय सरकारले गरेका कतिपय सहज नीतिगत प्रावधानले पनि रियल स्टेट क्षेत्र चलायमान बनाउन मद्दत गरिरहेको तर, ति नीतिहरु पूर्ण कार्यान्वयन हुन अझै समय लागिरहेको व्यवसायीहरुको भनाइ छ ।

साथै, मौद्रिक नीतिले पनि केही सहजता प्रदान गरेकाले दशैँ तिहार पछि घरजग्गा कारोबार थप बढ्ने अपेक्षा गरिएको छ । ‘अहिले त सिजन पनि होइन, वर्षा छ’ एक जना व्यवसायी भन्छन्, ‘दशैँ तिहार पछि अलिकति बढ्छ कि भन्ने संकेत देखिएको छ ।’

त्यसो त, २०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.०० प्रतिशत, विकास बैंकहरूको ९.७१ प्रतिशत र वित्त कम्पनीहरूको ११.२१ प्रतिशत थियो । तर, २०८२ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.०२ प्रतिशत, विकास बैंकहरूको ८.०३ प्रतिशत र वित्त कम्पनीहरूको ८.९७ प्रतिशत कायम भएको छ । यसकारण कर्जाको ब्याजदर सस्तो हुँदा घरजग्गा कारोबार पनि क्रमशः उकालो लाग्ने अनुमान गरिएको छ ।

६५ प्रतिशत ऋणको धितो ‘घर–जग्गा’

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरे कर्जाको धितो घरजग्गा नै छ । केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर तथा जग्गाको धितोमा प्रवाह भएको छ ।

साउनमा घट्यो कारोबार

गत आर्थिक वर्षको कर्जा प्रवाहको विवरण शन्तोषजनक नै रहे पनि चालू आर्थिक वर्ष २०८२÷०८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबार भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार साउन महिनामा १ लाख ४ हजार २१८ वटा जग्गासम्बन्धि कारोबार भएका छन् ।

जबकी, गत आर्थिक वर्षको साउन महिनामा देशभर १ लाख २७ हजार २०६ वटा जग्गासम्बन्धी कारोबार भएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...
spot_img