Wednesday, July 8, 2026
spot_img

सकियो नाडा अटो शो, नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव

spot_img

नाडा अटो शो २०२५ सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो २०२५ को समापन कार्यक्रम गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएको यस १७ औ संस्करणको नाडा अटो शो २०२५ मा १,७६,७८९ दर्शकहरुले अबलोकन गरेका छन् ।

ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको र दर्शकहरुको उपस्थितिको हिसावले यो प्रदर्शनी एतिहासिक बन्न पुगेको नाडाले जनाएको छ। उड्ने सवारी साधन, राबोटिक म्यान र डगका कारणलेमात्र नभई थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड
लागेको नाडाले जनाएको छ।

सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शोले अटोमोवाइल व्यवसायलाई मात्र नभई देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समते मद्धत पुग्ने अपेक्षा नाडाले व्यक्त गरेको छ।

नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो। नाडा अटो शो को पहिलो दिन अटोमाेिटभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमावे ाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रृेड डायलग विषयमा भएको थियो ।

नाडा अटो शोको दोश्रो दिन इमानसंगको सहकार्यमा उद्यागे वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्यचु र, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो। नाडा अटो शो को तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

नाडा अटोशोको चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईको प्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोबिलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया  सम्पन्न भएको थियो। पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अन्तिम दिन नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको२१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्ताव सहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img