काठमाडौँमा जारी ‘नाडा अटो शो २०२५’को अवलोकन गर्न ‘भीभीआईपी’हरुको लाइन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटनकै दिन स्टलसमेत अवलोकन गरेका थिए । उनले आधुनिक गाडीहरुसहित उड्ने कारको समेत अवलोकन गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेज्यू, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यू, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि नाडा अटो शो अवलोकन गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पनि अटो शो अवलोन गरेका छन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापासहित प्रतिनिधिसभाका सदस्य हरि ढकाल र शिशिर खनालले पनि शो अवलोकन गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावतज्यू, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्गज्यू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्रीज्यू, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराईज्यू, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलज्यू, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले पनि प्रदर्शनीको अवलोकन गर्नु भएको छ ।
उद्घाटनकै दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले पनि शो अवलोकन गरेका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको प्र्र्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका छन् ।













