Wednesday, July 8, 2026
spot_img

अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम छ: सीइओ गुरुङ

spot_img

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताए ।

अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए । उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए । ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने । बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ ।

‘व्यवसायीक गाडीमा लगानीगर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,’ उनले भने । उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायीक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...
spot_img