Thursday, July 9, 2026
spot_img

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छः सीईओ जोशी

spot_img

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर बोर्डले पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् । त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को अनुसन्धानबारेको छलफल कार्यक्रममा बोल्दै सीईओ जोशीले यस्तो बताएका हुन् ।

‘बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ’ उनले भने ।

नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको पनि जानकारी गराए ।

“बोर्डले विगतमा ‘रेजिलियन्स बिल्डिङ’, ‘रिभाइभल’ तथा ‘एग्रेसिभ मार्केटिङ’जस्ता रणनीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ,” उनले थपे, “बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक छ ।”

बोर्डले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेशन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजनाहरू अघि सार्ने सीईओ जोशीले बताए । पर्यटन बजारमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको बताउँदै उनले डा. अवालेको अनुसन्धानलाई सम्पत्तिको रुपमा राखिने र रणनीति बनाउन अध्ययन गरिनेसमेत बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img