Thursday, July 9, 2026
spot_img

कहिले बाँडफाँड हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ ?

spot_img

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार प्राप्त आवेदनहरु मध्येबाट डुप्लिकेट आवेदनहरु भेरिफाई गर्ने क्रममै रहेकोले आईपीओ बाँडफाँड अर्को साता मात्र बाँडफाँड हुने छ ।

आईपीओको प्रि अलोटमेन्ट भोलि बिहीबार गर्ने क्यापिटलको तयारी रहेको छ। योजना अनुसार काम भएमा आगामी आइतबार शेयर फाँडफाँड हुने क्यापिटलले जनाएको छ। यद्यपि सफ्टवेयरमा समस्या आएमा १/२ दिन ढिलो हुन सक्ने क्यापिटलले उल्लेख गरेको छ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ । यस कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ। यद्यपि आईपीओ निष्काशन पछि उनीहरुको स्वामित्व घट्ने छ।

कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...
spot_img