Wednesday, July 8, 2026
spot_img

सुजुकी ई–भिटाराः पर्वोत्सव अफरमा छुटसहित एक तोला सुन जित्ने मौका

spot_img

सुजुकी गाडीको नेपालको लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ई–भिटारा नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो २०२५ का अवसरमा ई–भिटारा लन्च गरेको हो ।

ई–भिटारालाई सीजीले दुई मोटर क्षमतामा नेपाल भित्र्याइएको छ । १०५.८ किलोवाट क्षमताको मोडलमा ४९ किलोवाट आवरको ब्याट्री रहनेछ भने १२८ किलोवाट क्षमताको मोडलमा ६१ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार यस ईभीले ५ सय किलोमिटर सम्मको रेन्ज दिने छ ।

यसमा १८ इन्चको टायर छ भने यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । आधुनिक विशेषताले भरिपूर्ण यसको डेलिभरी भने अक्टोबरदेखि हुनेछ ।

कम्पनीले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव अफर’ पनि ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, एक वर्षसम्मको बीमा, छ वर्षसम्म निःशुल्क एच पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त हुनेछ ।

यति मात्रै नभई, अटो शो अवधिभर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट पनि पाउनेछन् । साथै, १० जना भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने मौका पनि पाउनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...
spot_img