जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै कम्पनीको हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले साउन १५ देखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशतले हुन आउने २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













