Wednesday, July 8, 2026
spot_img

यूरो–६ भन्दा कम मापदण्डका गाडी एकपटकका लागि आयात गर्न दिन महासंघ अध्यक्षको आग्रह

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका यूरो–६ भन्दा कम मापदण्ड भएका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटनका अवसरमा बोल्दै उनले सरकारले लागू गरेको यूरो–६ सरहको मापदण्ड सकारात्मक भए पनि तत्काल कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक उक्त मापदण्ड भन्दा कमका गाडीलाई पनि आयातको अनुमति दिन आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालको सो आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघका अध्यक्षले उठाएको माग सकारात्मक भएको र यस विषयमा सरकारले विचार गर्ने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो शोले बजार र ग्राहकलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको समेत बताएका छन् ।

उनले दुई वर्षअघि भन्दा अहिले सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको र यसले बजारमा विश्वास बढेको संकेत गर्ने पनि बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २...

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...
spot_img