आरविवि मर्चेन्ट बैंकिङको योजना व्यवस्थापनमा आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको हो ।
जसमध्ये आरविवि म्युचुअल फण्ड १ ले कर सहित २० प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले कर सहित १३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जस अनुसार आरविवि म्युचुअल फण्ड १ ले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले १० करोड ९९ लाख ९५ हजार ५ सय ७ रुपैयाँ ७० पैसा बराबरको प्रतिफल दिनेछ ।
दुवै फण्डको लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ९ गते बुक क्लोज गर्ने भएको छ ।











