Sunday, August 9, 2026
spot_img

३९.२४ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको खुदनाफा, अन्य सूचक कस्तो ?

spot_img

प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश सूचांकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

अघिल्लो आवको असार मसान्तसम्म १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको असार मसान्तसम्म ३९.२४ प्रतिशतको वृद्धि सहित २१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको व्यवसायमा पनि उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा कम्पनीले ५७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएकोमा गत आवमा १०.७६ प्रतिशत वृद्धि गर्दै साढे ६३ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको छ।
यता कम्पनीको बीमा कोषको आकार पनि गत वर्ष २ अर्ब २ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३३.८६ प्रतिशतको उल्लेख्य वृद्धि सहित २ अर्ब ७० करोड रुपैयाँको बीमा कोष खडा गरेको छ।

त्यसैगरी कम्पनीले आफ्ना बीमितलाई दिने दाबी भुक्तानीमा पनि २२.५३ प्रतिशतको वृद्धि सहित गत वर्ष ५१ करोड ६३ लाख रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ जुन अघिल्लो वर्ष ४२ करोड १३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो।
कम्पनीको कुल आम्दानी ८७ करोड ९७ लाख रुपैयाँबाट बढेर ९६ करोड २१ लाख रुपैयाँ पुगेसँगै कुल खर्च पनि ६४ करोड २१ लाख रुपैयाँबाट बढेर ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यद्यपि अभिकर्तालाई दिएको कमिशनको रकम भने ६ करोड ३० लाख रुपैयाँबाट घटेर ३ करोड ८२ लाख रुपैयाँमा झरेको छ।

नाफा र आम्दानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँबाट बढेर १४.७० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १० करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ४४ करोड ४३ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img