Monday, August 24, 2026
spot_img
spot_img

नेप्सेले भन्यो ‘NEPSE AI हाम्रो उत्पादन होइन, प्रयोग नगर्नु’

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले “NEPSE AI” नामक एप आफुले उत्पादन नगरेको स्पष्ट पारेको छ । नेप्सेले  “NEPSE AI” नामक कुनै एप वा सेवा नेपाल स्टक एक्सचेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको जनाएको हो। साथै हालसम्म कुनै पनि मोबाइल एप मार्फत प्रत्यक्ष शेयर कारोबारको सुविधा प्रदान नगरेको पनि नेप्सेले जनाएको छ।

हालै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत “NEPSE AI” नामक एप प्रयोग गरी “यहाँ क्लिक गर्नुहोस् र Al बाट शेयर विश्लेषण वा कारोबार गर्नुहोस् भन्ने किसिमको भ्रामक तथा झुटा सन्देश पठाई, केही व्यक्तिलाई धोका दिई रकम ठगी समेत गरेको जानकारी प्राप्त हुन आएको भन्दै नेप्सेले यसबारे प्रष्ट पारेको हो।

नेप्सेले यस प्रकारका भ्रामक सन्देश लिड़क वा एपहरुमा क्लिक नगर्न, कुनै पनि व्यक्तिगत विवरण (बैंक खाता, पासवर्ड, OTP आदि) प्रदान नगर्न र आर्थिक कारोबार नगर्न सम्पूर्ण सबैमा अनुरोध गरेको छ। यस प्रकारको शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा नेपाल स्टक एक्सचेन्जमा जानकारी गराउन नेप्सेले आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img