सिद्धार्थ क्यापिटलले संचालन गरेका ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले लाभांश गरेका हुन् ।
जस अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् भने सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यी ३ वटै बन्दमुखी योजना हुन्।
यो आर्थिक वर्ष २०८१/८२ को लाभांश हो । लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ।











