Thursday, July 9, 2026
spot_img

सिक्लेस हाइड्रो बन्यो लाभांश घोषणा गर्ने पहिलो कम्पनी, बोनसपछि हकप्रद प्रस्ताव

spot_img

सिक्लेस हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। यस संगै सिक्लेस हाइड्रो लाभांश घोषणा गर्ने पहिलो सूचीकृत कम्पनी बनेको छ।

कम्पनीले  आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने  १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १:१ ( एक बराबर एक) अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने निर्णय कम्पनीले गरेको छ। त्यसको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदनको लागी कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img