माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलबिद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । साउन १९ गतेबाट दुई युनिट मध्ये एउटा युनिटबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिहरुको रोहबरमा विद्युत उत्पादन सुचारु भई नेपाल विद्युत प्राधिकरणको राष्ट्रीय प्रशारण लाईनमा जडान भएको हो। आयोजनाको क्षमता २२ मेगावाटमा १० मेगावाट थप गरि कुल ३२ मेगावाट कायम गरेर विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भईसकेको छ । छिट्टै पूर्ण क्षमतामा आयोजना संचालन गर्ने कम्पनीको तयारी छ ।
२०८१ आश्विन ११ गते देखी परेको अविरल बर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले क्षति भएर आयोजनाको प्लान्ट अवरुद्ध भई काबु बहिर परिस्थिती श्रृजना भई विद्युत उत्पादन अवरुद्ध भएको थियो । झन्डै एक वर्षपछि आयोजनाको पुःन निर्माण सम्पन्न गरि आयोजनाले विद्युत उत्पादन गरेको हो ।









