बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले रजौरियालाई सीइओ नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ ।
कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गरेको हो। कम्पनीको सीइओको लागि धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेतको आवेदन परेको थियो। जस मध्ये रजौरियाले बाजी मारेका हुन् ।
अरुण रजौरिया एचआईडिसिएलको डेपुटी सीइओ थिए। उनी ९ वर्ष देखि एचआईडिसिएलमा आवद्द थिए। उनी एचआईडिसिएलको सीइओको दौडमा पनि थिए । उनी बुढीगण्डकीको सीइओ नियुक्त भएसंगै एचआईडीसीएलमा दुवै डेपुटी सीइओ पद रिक्त भएको छ ।
गोरखा र धादिङमा पर्ने गरि प्रस्ताव गरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि यो कम्पनी गठन गरिएको हो ।









