Thursday, July 9, 2026
spot_img

कुजु नेपालले ल्यायो याडिया भेलाक्स सिरिज, मूल्य कति ?

spot_img

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा कुजु नेपालले Yadea Velax नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले Yadea Velax Series का तीन मोडल ल्याएको छ । जसमा ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा Velax U (Ultra Performance) एक मोडल रहेको छ ।

८० किमी प्रतिघण्टा स्पिड रहेको यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ ।

२० मिनेटमै ८०% चार्ज हुने Velax Fast Charging पनि कम्पनीले सार्वजनिक गरेको छ । ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित यो मोडेल २० मिनेटमै ८०% चार्ज हुने र यसले ११० किमी रेन्ज दिने बताइएको छ ।

३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित आएको अर्को मोडल हो Velax H (High Performance) । यसले एक पटकको फुल चार्जमा १०० किलोमिटर रेन्ज दिने बताइएको छ ।

Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमीको वारेन्टी उपलब्ध छ । कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img