Wednesday, May 6, 2026
spot_img
spot_img

हिमालयन बैंकको शेयर बिक्री: पाकिस्तानको हबिब बैंकले स्वीकार्यो नेशनल लाइफको प्रस्ताव

spot_img
spot_img

नेशनल लाइफ इन्स्योरेन्सलाई आफ्नो नाममा रहेको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गर्न पाकिस्तानको हबिब बैंक लिमिटेड सहमत भएको छ। हबिब बैंकले नेशनल लाइफ इन्स्योरेन्सले गरेको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको हो ।

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सम्पूर्ण २ करोड ८० लाख १२ हजार ४ सय ४७ दशमलव ४५ कित्ता शेयर बिक्री गर्नको लागि सूचना प्रकाशन गरेको थियो। जसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। र सबै शेयर खरिद गर्नु पर्ने शर्त राखिएको थियो।

शेयर खरिद गर्नको लागि परेका आवेदन मध्ये नेशनल लाइफले मात्र सबै शेयर खरिद गर्न आवेदन दिएको थियो। हबिब बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ कायम गरेकोमा नेशनल लाइफले त्यो भन्दा धेरै अर्थात्  प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा शेयर खरिद गर्ने प्रस्ताव गरेको थियो ।

नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सबै शेयर खरिद गर्ने गरि गरेको प्रस्ताव हबिब बैंकले स्वीकार गर्ने निर्णय गरेको हो । साथै हबिब बैंकले बाँकि प्रक्रिया अगाडी बढाउन हिमालयन बैंकलाई पत्राचार गरेको छ। यस संगै हिमालयन बैंकले बाँकि नियमकीय प्रक्रियाको लागि प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ । अब नेशनल लाइफ बैंकको संस्थापक शेयर खरिद गर्न योग्य रहेको भन्दै फिट एण्ड प्रपर टेस्ट गर्नु पर्ने छ । तर यस अघि नै नेशनल लाइफसँग बैंकको संस्थापक शेयर रहेकोले फिट एण्ड प्रपर टेस्टमा नेशनल लाइफ योग्य नै हुने देखिन्छ । त्यसपछि नेशनल लाइफलाई शेयर खरिदको लागि नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले स्वीकृति दिनु पर्नेछ । राष्ट्र बैंक र बीमा प्राधिकरणको अन्तिम स्वीकृतिपछि मात्र हबिब बैंकको नाममा रहेको हिमालयन बैंकको शेयर बिक्री र नामसारी प्रक्रिया अघि बढ्ने छ । नेशनल लाइफले शेयर खरिद गरेसंगै हिमालयन बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेशनल लाइफ हुने छ ।

यस अघि हिमालयन रिइन्स्योरेन्सले पनि यी शेयर खरिद गर्ने निर्णय गरेको थियो । तर हिमालयन रिइन्स्योरेन्स हिमालयन बैंकको संस्थापक शेयरधनी नरहेकोले उसले पहिलो चरणमा आवेदन दिन पाएको थिएन । हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्री दोस्रो चरणमा पुग्ने र आवेदन दिने तयारी गरेपनि पहिलो चरणमै शेयर खरिद बिक्रीको लागि आवेदन परेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img