Wednesday, May 6, 2026
spot_img
spot_img

 बिफु नेपालद्वारा मौद्रिक नीति सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम आयोजना

spot_img
spot_img

बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ ( बिफू) नेपालले मौद्रिक नीति २०८२ / ०८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम सोमबार काठमाडौंमा आयोजना गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि सहयोग पुग्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको बिफु नेपालले जनाएको छ।

नेपाल राष्ट बैकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । उनले मौदिक नीतिले लिएको उद्धेश्य, कार्यदिशा, प्राथमिकता, मुद्रस्फीति नियन्त्रण, मुद्राको आपूर्ती, विदेशी मुद्रा, कर्जाको गुणस्तर सुधार गर्ने, बैंक तथा वित्तीय संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा गहिरोसँग विश्लषणात्मक प्रस्तुती दिएका थिए। साथै उनले सहभागिहरुको जिज्ञासा समेत समाधान गरेका थिए।

बिफु नेपालका अध्यक्ष धर्मप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पेसागत महासंघ नेपालका ईन्चार्ज रामेश्वर फुयालको प्रमुख आतिथ्यता, बिफु नेपालका उपाध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले स्वागत मन्तब्य तथा उपमहासचिव पुरुषोत्तम आचार्यले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलाप्रसाद पोखरेल, बिफुका ईन्चार्ज कमलप्रसाद पराजुली लगायत १५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img