Thursday, July 9, 2026
spot_img

वैद्य इनर्जीले नेपाल भित्र्यायो ‘एथर रिज्ता’

spot_img

विद्युतीय स्कुटर ब्रान्ड एथरको नयाँ मोडल रिज्ता नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले स्कुटरको प्रि–लन्च र टेष्ट ड्राइभ सम्पन्न गरेको हो ।

वैद्य इनर्जीले नेपाल ल्याएको ‘एथर रिज्ता’को टप भेरियन्ट नेपाल ल्याएको हो । भारतमा भने एथर रिज्ताका रिज्ता एस, रिज्ता जेड २.९ किलोवाट, रिज्ता जेड ३.७ किलोवाट गरी तीन भेरियन्टमा उपलब्ध छ ।

३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको रिज्ता जेडको टप भेरियन्टले पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिने बताइएको छ । यसको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । मोटरमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

विभिन्न आधुनिक फिचर्स भएको यस स्कुटरको आधिकारिक मूल्य भने साउन २१ गते नाइमा मोबिलिटी एक्स्पोको अवसरमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img