Saturday, May 2, 2026
spot_img
spot_img

तेह्रथुम पावर कम्पनीको हकप्रद बाँडफाँड, ४ लाख कित्ता बढी शेयर लिलाममा आउने

spot_img
spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले साउन १८ गते शेयर बाँडफांड गरेको हो।

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म   १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई ३५ लाख ८१ हजार २ सय ६२ कित्ता शेयर बाँडफांड गरिएको छ।

अब बिक्री नभएको ४ लाख १८ हजार ७ सय ३८ कित्ता शेयर लिलाममा आउने छ। कम्पनीले हक भन्दा बढीको माग गरि आवेदन दिनेको हकमा साउन २१ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो। नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img